जेठ २५ गतेदेखि यात्रुवाहक सवारी सञ्चालन गर्न सिफारिस : सवारी साधानमा आधा मात्रै यात्रु !

दियो पोस्ट  

काठमाडौं, २३ जेठ । कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी उच्चस्तरीय समन्वय समितिले जेठ २५ गतेदेखि लामो तथा छोटो दूरीको सवारी साधन सञ्चालन गर्न सफारिस गरेको छ ।


कोरोना भाइरस कोभिड १९ को १०० भन्दा कम सक्रिय केस भएका जिल्लामा जेठ २५ गतेबाट छोटो दुरीका यात्रुबाहक सवारी सञ्चालन गर्ने प्रस्ताव गरेको हो । यस्ता सवारीमा क्षमताभन्दा आधा मत्रै यात्रु राख्ने गरी सञ्चालन गर्न समितिले प्रस्ताव गरेको हो ।

त्यस्तै असार १ गतेबाट भने लामोदूरीको यातयात समेत सञ्चालन गर्ने प्रस्ताव समितिले गरेको छ । यस्ता यातयातमा पनि सिट क्षमताभन्दा आधा मात्रै यात्रु राख्न पाइने सिफारिस गरेको छ ।