धादिङ, २६ जेठ । धादिङमा थप १६ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।
धादिङको निलकण्ठ नगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा बसेका १६ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको स्रोतले जानकारी दिएको छ ।
भारतबाट फर्किएर निलकण्ठ नगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा बसेका उनीहरुको आरडिटी परिक्षणमा कोरोना पोजिटिभ आएको थियो ।
उनीहरुको स्वाव परिक्षणका लागि जेठ २४ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा पठाइएको थियो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षणमा पिसिआर रिपोर्ट पोजिटिभ आएको स्रोतले जनाएको छ ।
पिसिआर पोजिटिभ आएका व्यक्तिहरुको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ । उनीहरुको कन्ट्राक ट्रेसिङ भइरहेको समेत जनाइएको छ ।
संक्रमितको बारेमा केहीबेरमा स्वास्थ्य मन्त्रालयका प्रवक्ताले नियमित पत्रकार सम्मेलन गरी जानकारी दिने बताइएको छ ।
सबै निलकण्ठ नगरपालिकाकै संक्रमित !
आज कोरोना पुष्टी भएका १६ जना व्यक्तिहरुमा नीलकण्ठ–१ का १७ बर्षका पुरुष, नीलकण्ठ–२ का २२ बर्षका पुरुष, नीलकण्ठ–३ का ४० बर्षका पुरुष, नीलकण्ठ–५ का ३० र ३५ बर्षका पुरुष, नीलकण्ठ–११ का ४२ र ५५ बर्षका पुरुष, नीलकण्ठ–१४ का १४,२३,३५,४५,५० बर्षका पुरुषहरु तथा २१,२७,३६ बर्षका महिला र २० महिनाको बालिका रहेको जिल्ला अस्पताल धादिङले जनाएको छ ।