एमसिसिको विरोधमा शान्तिपूर्ण आन्दोलनमा उत्रिएका विद्यार्थीमाथि प्रहरीको लाठीचार्ज !

दियोपोस्ट संवाददाता

काठमाडौं, २७ जेठ । अमेरिकी रक्षा मन्त्रालयको छाता भित्र रहेको मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसि)को विराधमा उत्रिएका विद्यार्थीमाथि राजधानीको माइतीघरमा प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीको लाठीचार्जबाट नेकपा निकट विद्यार्थी संगठनका दर्जनौँ विद्यार्थी नेता तथा कार्यकर्ता घाइते भएका छन् ।


शान्तिपूर्ण रुपमा प्रदर्शनमा उत्रिएका विद्यार्थीमाथि प्रहरीले अन्धाधुन्द रुपमा लाठीचार्ज गरेको थियो । प्रहरीको लाठी प्रहारबाट अनेरास्ववियुका केन्द्रीय सदस्य निर्ग जैशी गम्भिर घाइते भएका छन् । बेहोस भएका उनलाई राजधानीको ट्रमा सेन्टरमा उपचार गराइँदै छ ।

त्यस्तै लाठीचार्जबाट केन्द्रीय सदस्य संजीव रेग्मी, उपदेश यादव, कृष्ण रिजाल, संजीव फुयाल , संजीव चौधरी, दुदराज तामाङ्ग र गोविन्द भण्डारा लगायत घाइते भएका छन् ।


प्रहरीले विद्यार्थीहरु रविन बस्नेत, निरज श्रेष्ठ, पुजा खुसी, दिपा जैशी, संगम लामा, हिकमत महरा र भूमिराज अधिकारीलाई गिरफ्तार गरेको छ ।

सम्बन्धित खबर

सिफारिस