
काठमाडौँ – नेपालमा मंगलबार ३२३ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो सँगै नेपालमा ४ हजार ४६ जनामा कोरोना संक्रमित पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ३२३ जना संक्रमित थपिएको नियमित प्रेस बिफ्रिङका क्रममा मंगलबार जानकारी दिए ।
उनका अनुसार अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ५८४ रहेको छ । उनीहरु मध्ये ५०७ जना पुरुष र ७७ जना महिला रहेका छन् ।