धादिङको सिद्धलेक गाउँपालिका २ का ३८ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि

दियो पोस्ट  

दियोपोष्ट संवाददाता,
धादिङ, ३० जेठ । धादिङमा थप एक जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल धादिङका अनुसार सिद्धलेक गाउँपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा रहेका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो । भारतबाट आएका सिद्धलेक गाउँपालिका २ का ३८ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । जेठ २७ गते उनको स्वाव संकलन गरी राजधानीको टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । टेकुमा भएको पिसिआर विधिको परिक्षणबाट ती व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।

सिफारिस