
काठमाडौं, ३१ जेठ । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्रले गुमाएको नेपाली भूमी गणतन्त्रकालमा फिर्ता ल्याइएको बताएका छन् ।
राजधानी काठमाडौंमा केही प्लेकार्ड बोकेका सामन्तहरुको प्रदर्शन रहेको भन्दै उनले खबरदार भन्दै संसदबाटै चेतावनी समेत दिएका छन् ।
‘म आज आउँदै गर्दा मेरो स्टाफले मलाई सुनाउँदै हुनुहुन्थ्यो । यतिबेला केही मानिसहरुले प्लेकार्ड बोकेर हिँडेका छन् । ‘नयाँ नक्सा भौगोलिक अखण्डताको विषय हो। राजतन्त्रले गुमाएको भूमी गणतन्त्रले फिर्ता ल्याउन लागेको छ। निर्णयमा सर्वसहमित हुने विश्वास गर्दछु। राष्टिय एकताको पक्षमा उभिएको मा धन्यवाद दिन चाहन्छु,’ उनले भने ।