काठमाडौँ, ३१ जेठ । संविधान संशोधन विधेयकमा संशोधन प्रस्ताव दर्ता गरेकी जनता समाजवादी पार्टी की सांसद सरिता गिरीको प्रस्ताव अस्विकृत भएपछि उनी संसदबाट उठेर हिँडेकी छिन् ।
उनले शनिबारको संसद बैठकमा सभामुख अग्नि प्रसाद सापकोटाले नेकपा अध्यक्षलाइृ रोष्टममा बोलाएपछि बोल्न खोजेकी थिइन् ।
तर, सभामुख सापकोटाले उनलाई तपाईं बस्नुस् भन्दै आग्रह गरेका थिए । उनले बोल्न नपाएपछि बैठबाट बाहिरिएकी थिइन् ।
गिरीले बोल्न खोजेपछि प्रतिनिधि सभामा होहल्ला भएको थियो ।