
काठमाडौं, ३ जेठ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एक कार्यकर्ता भारी मात्रामा विष्फोटक पदार्थ सहित पक्राउ परेका छन् ।
ललितपुर जिल्ला सदस्य सानुराजा बज्राचार्यबाट ह्यान्ड ग्रिनेड, लगायत विष्फोटक पदार्थ बनाउने सामग्री बरामद भएको हो । तारकेश्वर नगरपालिका ११ नेपालटार, क्षेत्रमा रहेको उनको डेराबाट प्रहरीले उक्त सामग्री बरामद गरेको हो । सानु खत्रीको घरमा बस्दै आएका उनले उक्त घरलाई हतियार भण्डारणको लागि तयार पारेको पाइएको छ ।
शुक्रबार पक्राउ परेका उनको डेरामा छापा मार्दा भारी मात्रामा विष्फोटक पदार्थ फेला परेको हो ।