एकैदिन ६ सय ७१ कोरोना भाइरस संक्रमित थपिए, ७ हजार ८ सय ४८ पुग्यो

दियो पोस्ट  

काठमाडौं, ४ असार । कोरोना भाइरस कोभिड १९ को संक्रमितहरु पछिल्लो २४ घण्टामा हालसम्मकै उच्च दरमा बढेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा ६ सय ७१ जना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमित ७ हजार ८४८ पुगेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ६ सय ७१ संक्रमित थपिएको जानकारी दिए ।