बिराटनगरको होटल जेनियललाई श्रम कार्यालयको पत्र : ‘श्रमिकलाई तलब दिनु’

दियोपोस्ट संवाददाता

काठमाडौं, ५ असार । मोरङको बिराटनगरमा रहेको होटल जेनियलले मजदुरलाई तलब नदिइ बन्द गर्ने तयारी गरेको पाइएको छ । होटल बन्द गरेपनि मजदुरको तलब, पारिश्रमिक दिनुपर्ने भन्दै होटल जेनियललाई श्रम तथा रोजगार कार्यालय बिराटनगरले पत्र काटेको छ ।


प्रमुख श्रम अधिकृत प्रेम प्रसाद सञ्जेलले होटललाई काटेको पत्रमा पहिलो प्राथामिकतामा श्रमिकलाई तलब भत्ता दिन उल्लेख गरिएको छ ।

बिराटनगर बसपार्क नजिकै रहेको उक्त होटलमा कार्यरत सबै कर्मचारीले तलब, सेवा सुविधा नपाएको पाइएको थियो ।

त्यहाँ कार्यरत श्रमिकलाई तलब सेवा सुविधा बिना नै होटल बन्द गर्ने निवेदन परेपछि कार्यालयले पत्र काटेको हो ।

सम्बन्धित खबर

सिफारिस