थप ४२६ जनामा कोरोना संक्रमण पुष्टि, ७४ जिल्लामा फैलियो : ८ हजार २ सय ७४ पुग्यो !

दियोपोस्ट संवाददाता

काठमाडौं, ५ जेठ । नेपालमा थप चार सय २६ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।

ती मध्ये ८८ जना महिला रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ७४ जना पुगेको छ ।
शुक्रबार २ सय १६ जना डिस्चार्ज भएका छन् ।

हालसम्म १४ सय २ जना कोरोना संक्रमण निको भई डिस्चार्ज भएका छन् ।

मन्त्रालयका अनुसार हालसम्म ७४ जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सम्बन्धित खबर

सिफारिस