काठमाडौं, नेपालमा थप ४ सय २१ जना व्यक्तिमा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।
उनीहरु मध्ये ३५७ जना पुरुष र ६४जना महिला छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९०२६ पुगेको छ ।
कोरोना संक्रमण निको भएर डिस्चार्ज हुनेको संख्या १७७२ रहेको छ । उनीहरु मध्ये १९४ जना गत चौबिस घण्टामा डिस्चार्ज भएका हुन् ।
जम्मा डिस्चार्ज हुने मध्ये १६२३ जना पुरुष र १४९ जना महिला रहेका छन् ।