
बझाङ, असार ८ । भारतबाट फर्किएर क्वारेन्टिन बस्दै आएका बझाङका एक युवकले आत्महत्या गरेका छन् । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–७ मजखोरी माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टिनमा गएराति ३० बर्षीय युवकले झुण्डिएर आत्महत्या गरेका हुन् ।
तीन दिन अघिमात्र भारतको बैंगलोरबाट नेपाल आइ क्वारेन्टिन बसेका उनि सोही वडाका बासिन्दा हुन् । छबिसपाथिभेरा गाउँपालिका–७ का वडाध्यक्ष पदम मण्डेलाका अनुसार उनलाई गएराति मृत अवस्थामा झुण्डिरहेको भेटिएको हो ।
उनमा कोरोना संक्रमण भने परिक्षण गरिएको थिएन । मृत्यु भएपछि सदरमुकामबाट स्वास्थ्यकर्मीको टोली स्वाव संकलनका लागि घटनास्थलतर्फ लागेका छन् ।