युएईमा समस्यामा परेका १ सय ६५ जना नेपालीलाई स्वदेश फर्काइयो

दियो पोस्ट  

काठमाडौँ, असार ८ । कोरोनाभाइरसको महामारीको कारण दुबईमा समस्यामा परेका १ सय ६५ जना नेपाली नागरिकलाई स्वदेश ल्याइएको छ । सोमबार बिहान ११ः१५ बजे एयर अरबियाको जि–९–७१५१ विमानमार्फत नेपाली नागरिकहरुलाई स्वदेश ल्याइएको हो ।

नेपाल फर्कनेहरुमा ३१ जना महिला र १ सय ३४ जना पुरुष रहेका छन् । उनिहरु आफ्नै खर्चमा नेपाल फर्किएका हुन् । नेपाल फर्किनेहरुमध्य अधिकांश दीर्घ रोगी, जागिर गुमेका पीडितहरु रहेका छन् । उनिहरुलाई विमानस्थलमा निशुल्क कोरोनाभाइरस परिक्षण गरिएको छ ।
कोरोना भाइरसको महामारि र त्यसको परिणामबाट विदेशमा अलपत्र परेका नेपाली नागरिकहरुलाई सरकारले सुरक्षित रुपमा स्वदेश फर्काउन थालेको हो । यसअघि पनि विभिन्न देशहरुबाट अलपत्र परेका नागरिकहरुलाई स्वदेश फिर्ता ल्याइएको छ ।