
काठमाडौँ, असार ८ । नेपाल पर्यटन बोर्डले कोरोनाभाइरसको महामारीपश्चात पर्यटन क्षेत्रमा पुगेको क्षतिका विषयमा छलफल गर्न आयोजना गरेको भर्चुअल वैठकमा पोर्न भिडियो बजेको छ । सोमबार दिउँसो आयोजना गरिएको उक्त भर्चुअल मिटिङमा पर्यटनमन्त्री योगेश भट्टराई बोल्दै गर्दा एक्कासी पोर्न भिडियो बजेको हो ।
पर्यटनमन्त्री भट्टराईले नेपालमा पर्यटन क्षेत्रमा काम गर्ने मजदुरहरुको अवस्थाका बारेमा बोल्दै गर्दा पोर्न भिडियो बजेको हो । पोर्न बज्नासाथ आयोजकले मिटिङ स्थगित गरेको थियो । मन्त्री भट्टराईले समेत तत्काल घटनाको छानविन गर्न निर्देशन दिईसकेका छन् । यसबारेमा पर्यटन बोर्डले छानविन गरिरहेको बताएको छ ।
पर्यटनमन्त्री प्रमुख अतिथि रहेको उक्त मिटिङमा ह्यारिस गरेको एक अनाधिकृत आइडिबाट उक्त हर्कत भएको बताइएको छ । भिडियो बज्नासाथ उक्त आइडीको एडमिनले भिडियो काटेका थिए ।
भर्चुअल वैठकका लागि प्रयोग गरिने जुम एपमा यसअघि पनि थुप्रै कमजोरीहरुको विषयमा विभिन्न घटनाहरु सार्वजनिक भइसकेका छन् । यस्ता बैठकमा पछिल्ला समयमा ह्याकरहरुले अनधकृतिक रुपमा ‘एक्सेस’ गरेर अश्लील भिडियो बजाइदिने पनि गरेका छन् ।
पर्यटन बोर्डको सोमबारको वैठकमा २ सय जनाभन्दा बढी उपस्थित थिए ।