लगातारको वर्षपछि पाल्पामा पहिरो : ४ वटा सवारी साधन बगायो, २ जनाको शव भेटियो !

दियोपोस्ट संवाददाता

पाल्पा, ८ असार । लगातारको वर्षाका कारण पाल्पामा पहिरोले ४ वटा सवारी साधन बगाएको छ । पाल्पाको तानसेन रिडी खण्डमा पहिरोले सवारी साधन बगाएको हो । हालसम्म २ वटा शव भेटिएको छ भने एक गम्भिर घाइतेको उद्दार गरेर थप उपचारका लागि अस्पताल पठाइएको छ ।

सदरमुकाम तानसेन देखि ७ किलोमिटर टाढा रिडी–तानसेन सडक खण्डको सम्मोबारी नजिकै पहिरो खस्दा एउटा ट्यांकर, एउटा बोलेरो जीप, एउटा मिनी ट्रक र एउटा कार बगाएको हो ।

ती सवारी साधनमा कति मानिसहरु सवार थिए भन्‍ने यकिन जानकारी छैन । अहिले घटनास्थलमा नेपाली सेना,सशस्त्र प्रहरी र नेपाल प्रहरी सहित उद्धारकर्मीहरु पुगेका छन् ।

सम्बन्धित खबर

सिफारिस