काठमाडौं, ८ असार । पर्यटन मन्त्री योगेश भट्टराईलाई जुम एप मार्फत भएको एक अनलाइन बैठकले तनाव दिएको छ ।
कोरोना भाइरस (कोभिड १९)को महामारी फैलने डरले व्यक्तिगत दुरी कायम गर्न भन्दै मानिसहरु घरबाट बाहिर निष्कन सकेका छैनन् । यस्तो अवस्थामा भर्चुअल मिटिङको नाममा यस्ता कार्यक्रमहरु हुने गरेका छन् ।
जुन एप मार्फट बैठक गर्दा डाटा असुरक्षित हुने डरका कारण भारतले जुम एप प्रयोग गर्न अस्विकार गरेको छ । तर नेपालमा भने यसको फेसन नै बनेको छ । सोमबार भएको घटना यहि फेसनको एउटा दृष्टान्त हो ।
पर्यटन बोर्डले पर्यटन मन्त्री योगेश भट्टराईलाई प्रमुख अतिथि बनाएर पर्यटन क्षेत्रको कार्याविधि सञ्चालनको लोकार्पण कार्यक्रम राखेको थियो । जसमा पर्यटन सचिव केदार अधिकारी, पर्यटन बोर्डका सिइओ डा. धनन्जय रेग्मी, व्यापारीहरु कर्ण शाक्य र दीपक महत सहभागी थिए । पर्यटन मन्त्री भट्टराईले बोल्न थालेपछि बीचैमा पोर्न भिडियो चल्न थालेपछि सबै अचम्मा परे । करिब १ मिनेटसम्म भिडियो बजेपछि मन्त्री भट्टराई समेत अक्कन बक्क बने ।

पर्यटन मन्त्री बोलिरहेको बेला पोर्न भिडियो चल्ने गरी अव्यवस्थित रुपमा अनलाइन बैठक आयोजना गरेपछि पर्यटन बोर्डका सिइओ डा. धनन्जय रेग्मीको आलोचना शुरु भएको छ । उनले व्यवस्थापन गर्न नसकेका कारण आफ्नो कमजोरी भएको समेत स्विकार गरेका छन् ।
उक्त घटनालाई लिएर बोर्डले नेपाल प्रहरीको सहयोगमा छानबीन माग गरेको छ । सिइओ रेग्मीले घटनाको छानबीनका लागि आफ्नो कम्प्युटर नै प्रहरीलाई बुझाएको बताएका छन् ।
सिइओ रेग्मीले आफ्ना कारण मन्त्री भट्टराईको वेइज्जत भएको स्वीकार गरेका छन् । यता पर्यटन वोर्डले घटनाको विषयमा विज्ञप्ति निकालेर कार्यक्रम स्थगित गरिएको जनाएको छ ।