
काठमाडौँ, असार १० । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति वैठक शुरु भएको भएको । प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको वैठकमा ५ वटा विषयमा छलफल हुने तय भएको छ ।
कोरोनाभाइरसको महामारी र त्यसको नियन्त्रणको बारेमा विशेष छलफल हुने छ । यस सम्बन्धमा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भनाई राख्ने छन् । त्यस्तै वैठकको दोस्रो एजेण्डामा सरकारको काम कारबाहीको विषयमा छलफल हुने भएको छ ।
पार्टी एकताको बाँकी कामहरुको बारेमा पनि वैठकमा छलफल हुने छ । वैठकमा निकै विवादीत बनेको मिलेनियम च्यालेञ्ज कर्पोरेशनको विषयमा पनि छलफल हुने छ । एमसीसीलाई एजेण्डाको चौथो नम्बरमा राखिएको छ । त्यस्तै अन्य विविध विषयमा छलफल हुने कार्यक्रम रहेको नेकपा स्रोतले जनाएको छ ।
वैठकअघि दुई अध्यक्ष ओली र प्रचण्डले छुट्टै छलफल गरेका थिए ।