दियोपोस्ट संवाददाता
धादिङ्ग, असार १० । खनियावास गाउँपालिकाको गाउँसभामा लफडा भएको छ । बुधबार आयोजित गाउँ सभामा गाउँपालिका प्रमुख रण बहादुर तामाङ र प्रमुख प्रशासकीय अधिकृतबीच भनाभन भएको हो । कर्मचारी भर्नाको विषयलाई लिएर प्रश्न गर्दा गाउँपालिका प्रमुख तामाङ आक्रोशित भई प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद गुरुङसँग विवादमा उत्रिएका हुन् ।
कर्मचारी भर्ना गर्दा मनोमानी गरेको विषयमा प्रश्नमा गाउँपालिका प्रमुख तामाङले पदीय दम्भ देखाउँदै धम्कीपुर्ण भाषा प्रयोग गरेका थिए । ‘ साला एउटा कर्मचारी भर्ना गर्न तिमिहरुलाई सोध्न पर्ने ?’ उनको दम्भपुर्ण प्रश्न थियो, ‘ म तिमिहरुको लागि जनप्रतिनिधि भएको हाे र ?’
घटनाको बिषयमा बुझ्न र प्रतिक्रियाका लागि गाउँपालिका प्रमुख तामाङलाई सम्पर्क गर्दा उनको फोन उठेन । गाउँपालिकाका सुचना अधिकृत राजेश रिजालले घटनाको विषयमा आफुलाई थाहा नभएको बताए ।
भिडियो हेर्नुहोस्