लागुऔषध कारोबारीसँग प्रहरी कनेक्सन, प्रहरी परिसर ललितपुरका इन्सपेक्टर पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौँ, असार ११ । महानगरिय प्रहरी परिसर ललितपुरमा कार्यरत प्रहरी निरिक्षक (इन्सपेक्टर) रुद्रबहादुर शाही पक्राउ परेका छन् । लागु औषध नियन्त्रण ब्यूरो (एनसीबी) को टोलीले उनलाई परिसरबाटै नियन्त्रणमा लिइएको हो ।

लागुऔषध कारोबारी सँग कनेक्सन रहेको आशंकामा सोधपुछका लागि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । ब्यूरोले टोलीले केहीदिनअघि लागूऔषध (कोरेक्स) बरामद गरेको थियो । सोही बरामद गरिएको लागुऔषधबारे अनुसन्धान गर्दा इन्सपेक्टर शाहीको कनेक्सन देखिएपछि थप अनुसन्धानको लागि उनलाई नियन्त्रण लिइएको हो ।

महानगरीय प्रहरी वृत्त सातदोबाटोमा कार्यरत शाहीलाई केही दिनअघि मात्र परिसर तानिएको थियो ।

सम्बन्धित खबर

सिफारिस