सिद्धलेक गाउँपालिकामा ३ करोडको ठेक्का अनियमितता प्रकरण : गुपचुपमै ठेकेदारलाई छुट दिने तयारी !

दियोपोस्ट संवाददाता

दियोपोस्ट संवाददाता

धादिङ, ११ असार । सिद्धलेक गाँउपालिकाको गत आ.ब.०७६÷०७७को आन्तरिक आय संकलन (ठेक्का बन्दोबस्त) अन्तर्गत ठेक्का पाएको ओम श्रेष्ठ कन्स्ट्रक्सनले भ्याट बाहेक रु. ३ करोड १ लाख रकम भुक्तानी गर्नेगरी १ बर्षका लागी ठेक्का पाएको थियो तर ओम श्रेष्ठ कन्स्ट्रक्सनले सम्झौता अनुरुप रकम भुक्तानीनै गरेको छैन ।


गाँउपालिकासँगको ठेक्का सम्झौता अनुरुप कन्स्ट्रक्सनले दोश्रो र तेश्रो किस्ता गरी रु. २ करोड १ लाख ६७ हजार रकम भुक्तानी दाखिला गरेको छैन । यसरी कन्स्ट्रक्सनले सम्झौता अनुरुप रकम भुक्तानीनै नगर्दा समेत गाँउपालिकाले चासो नदिनु र मौन बस्नाले जनप्रतिनिधी र गाँउपालिकाको उच्च तहको कर्मचारीकै सम्लग्नता भएको देखिन्छ ।

यता नेपाल कानुन आयोगले स्थानीय निकाय आर्थिक प्रशासन नियमावली, २०६४को परिच्छेद – ६मा स्थानीय निकायको आन्तरिक आय संकलन (ठेक्का बन्दोबस्त) सम्बन्धी व्यवस्थामा प्रष्ट रुपमा भनेको थियो यदि सम्झौता गरेको कुनै कम्पनीले कबुलियतको कुनै शर्त बर्खिलाप गरे वा त्यस्तो शर्त बमोजिम गर्नु पर्ने कुनै काम नगरे वा ठेक्का वन्दोवस्त गर्दाको शर्त अटेर गरे सो अवधीको भुक्तानी रकम तथा धरौटि समेत जफत गरी निजको नाम कालोसूचीमा राख्नुपर्ने प्रावधान छ । सोहि ऐनलाई नै स्थानिय तह संचालन ऐनले समेत कार्याविधिमा उल्लेख गरी लागु गरेको छ ।


त्यस्तै ठेक्का बन्दोबस्त सम्झौतामा समेत नबुझाए ठेकेदार कम्पनीले बुझाएको बैंक जमानत अर्थात् बैँक ग्यारेन्टी मार्फत् जफत गर्ने उल्लेख छ । सम्झौताको १२ नम्बर बुँदामा भनिएको,‘तोकिएको समयमा किस्ता बुझाउनै पर्नेछ । यदि अन्तिम किस्ता रकम समेत तोकिएको समयमा नबुझाए ठेकेदार कम्पनिले बुझाएको बैंक जमानत रकमबाट सम्झौता अनुसारको ठेक्का रकम जफत गरिनेछ’ ।


तर सम्झौता अनुसारको ठेक्का पाएको धादिङको निलकण्ठ नगरपालिका वडा नं.३ स्थित् ओम श्रेष्ठ कन्स्ट्रक्सनले भने सिद्धलेक गाँउपालिकालाई रकम भुक्तानी नगर्दा समेत गाँउपालिका मौन बसेको छ । सम्झौता अनुरुप दोश्रो र तेश्रो किस्ता गरी रु. २ करोड १ लाख ६७ हजार रकम कम्पनीले हालसम्म पनि भुक्तानी दाखिला नगर्दा समेत गाँउपालिकाले कुनै चासो नदियको पाईएको हो । यद्धपी गाँउपालिका अध्यक्षले भने रकम भुक्तानीका लागी पटक पटक पत्र काटेको दाबी गरेका छन् ।

स्रोतका अनुसार गाउँपालिका अध्यक्ष सिलवाल सहितको मिलेमतोमा धरौटी जफत गर्नुपर्ने ठेकेदार कम्पनिलाई कोरोना भाइरस संक्रमण महामारीको अवरणमा छूट दिने तयारी समेत भइरहेको छ ।

बुँदागत तथ्य


१. आ.व.२०७६/७७ का लागि आन्तरिक आयको ठेक्का बन्दोबस्त गर्ने सम्बन्धमा गाउँपालिकाले २०७६ असार १० गते शिलबन्दी बोलपत्र आह्वान गरेको थियो ।


२. गत २०७६ साल भदौ १० गते सिद्धलेक गाँउपालिकाले आ.ब.०७६÷०७७मा आन्तरिक आय ठेक्का अंक भ्याट बाहेक रु. ३ करोड १ लाख रकम भुक्तानी गर्नेगरी १ बर्षका लागी ओम श्रेष्ठ कन्स्ट्रक्सनसंग सम्झौता गरेको थियो ।


३. सम्झौता भएको बखतमा ओम श्रेष्ठ कन्स्ट्रक्सनले गाउँपालिकाको कुमारी बैंकमा रहेको गाँउपालिकाको मुल संचित कोष खाता नं. ०८१००३५१२४६००००१ मा गत २०७६ श्रावण १३ गते रु. ३० लाख रुपैयाँ र भदौ ९ गते रु.६९ लाख ३३ हजार गरी २ पटक गरी रु. ९९ लाख ३३ हजार रुपैयाँ मात्र कम्पनीका तर्फवाट जम्मा गरेको ।

४. सम्झौता पत्र अनुरुप ॐ श्रेष्ठ कन्स्ट्रक्सनले गाउँपालिकालाई दोश्रो किस्ता अन्तर्गत २०७६ पौष मसान्तसम्म ठेक्का कबोल रकमको ३७ प्रतिशत अर्थात् रु. १ करोड ११ लाख ३७ हजार भुक्तानीनै नगरेको ।


५. त्यस्तै सम्झौता पत्र अनुरुप कन्स्ट्रक्सनले गाउँपालिकालाइ अन्तिम किस्ता अन्र्तगत् २०७६ चैत्र मसान्त सम्ममा ३० प्रतिशत् अर्थात् रु.९० लाख ३० हजार रकम भुक्तानीनै नगरेको ।


६. सम्झौता पत्रको १२ नं. बुदामा ठेकेदार कम्पनीले घाटा नाफा जे ब्यहोरेमा पनी कुनै किसिमको हर्जना वा क्षतीपुर्ती दावी गर्न नपाउने उल्लेख भएको । त्यस्तै उक्त बुँदामा भने तोकिएको समयमा किस्ता बुझाउनै पर्ने उल्लेख छ । यदि अन्तिम किस्ता रकम समेत तोकिएको समयमा नबुझाए ठेकेदार कम्पनिले बुझाएको बैंक जमानत रकमबाट सम्झौता अनुसारको ठेक्का रकम जफत गर्ने उल्लेख भएको ।

७. ठेकेदार कम्पनिले २ किस्ता भुक्तानी नगरेको विषयमा गाउँपालिका अध्यक्षले स्विकार गरेको तर, पैसा उठाउन भने उनी स्वंयमले आनाकानी गरेको ।

सम्बन्धित खबर

सिफारिस