काठमाडौँ, असार १२ । सत्तारुढ दल नेपाल काम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति वैठकमा अध्यक्ष केपी शर्मा ओली नै अनुपस्थित भएका छन् । शुक्रबार बालुवाटारमा शुरु भएको स्थायी समिति बैठकको दोस्रो दिन प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष ओली अनुपस्थित रहेका हुन् ।
बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओली अन्य कामममा नै ब्यस्त भएको कारण वैठकमा उपस्थत हुन नसकेको बताइएको छ । वैठकको पहिलो दिननै पार्टीका अर्का अध्यक्ष प्रचण्डले ओलीको आलोचना गरेका थिए । ओलीमा दुई तिहाइको उन्माद र अहंकार भरिएको बताउँदै अध्यक्ष पार्टी अगाडी बढ्न नसक्ने समेत बताएका थिए ।
स्रोतका अनुसार वैठकमा आफ्नो चर्को आलोचना हुने भएपछि अध्यक्ष ओली अनुपस्थित भएका हुन् । आज स्थायी समितिका अन्य सदस्यहरुको धारणा सुन्ने दिन भएतापनी सुन्नको लागि अध्यक्ष ओली नै अनुपस्थित रहे । वैठकको अध्यक्षता प्रचण्डले गरेका छन् । कार्यसुचि अनुसार सरकार र पार्टीको कामकारबाहीको बिषयमा छलफल अगाडी बढेको छ ।