धादिङको रुवीभ्याली जडिबुटी तस्करहरुको हब : ट्रकसहित ४ जना तस्कर पक्राउ !

दियो पोस्ट  

धादिङ, १३ असार । धादिङको रुवीभ्याली क्षेत्रबाट अवैध रुपमा जडिबुटी तस्करी हुने गरेको खुलेको छ । अवैध रुपमा तस्करीमा समलग्न व्यक्ति सहित एउटा ट्रकलाई धादिङ प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार शनिबार राती धादिङ जिल्लाको रुविभ्यालीबाट धादिङवेसी तर्फ आउदै गरेको बा ५ ख ६१८० नम्बरको स्वराज मिनि ट्रकमा जडिबुटी ल्याउँदै गरेको अवस्थामा प्रहरीले साङकोषमा चेकजाँच गरेको थियो ।
उक्त गाडीमा लुकाई छिपाइ राखिएको अवस्थामा जडिबुटीहरु फेला परेका थिए । प्रहरीले रुविभ्याली गा.पा. वडा नं १ बस्ने झ्यापरोङ तामाङ, सहित ३ जनालाई पक्राउ गरेको छ । उनीहरुले जटामसी, निरमसी यार्सागुम्बा लिएर आएका थिए । जसमध्ये झ्यारपोङ तामाङ जट्टामसी र निरमसी र ग्युर्मे नामग्याल तामाङले अबैध यार्सागुम्बा र गुची च्याउ ल्याएको प्रहरीले पत्ता लगाएको छ । अवैध जडिबुटी ओसार पोसारमा समलग्न ट्रक स्वराज ट्रक चालक पेम्बा तामाङ र सहचालक टसी तामाङलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय धादिङमा पेश गरिएको छ । उनीहरुको साथबाट ३ सय ३० किलो ७७ ग्राम जटामसी, २ किलो १५० किलो निरमसी, गुची च्याउ १७ ग्राम, यार्सागुम्बा १ किलो ८ ग्राम बरामद गरेको छ ।

prabhu bank Add