चार इन्सपेक्टरसहित ७५ जना प्रहरीलाई कोरोना संक्रमण, ४१ जना डिस्चार्ज

दियो पोस्ट  

काठमाडौँ, असार १४ । मुलुकका चारजना प्रहरी निरीक्षक (इन्सपेक्टर) सहित ७५ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । भने ४१ जना भने कोरोना जितेर डिस्चार्ज भइसकेका छन् ।

पछिल्लो समय प्रहरीमा पनि संक्रमितको संख्या बढ्दै गएको र आफूले उपलब्ध भएसम्म स्वास्थ्य सतर्कता अपनाएर काम गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

संक्रमित प्रहरीहरुमा कपिलवस्तुका ६, गुल्मीका १, प्यूठानका २, दाङका १, बागलुङका १, बाराका ७, धनकुटाका २, बाँकेका १, धनुषाका १०, सप्तरीका ४, सिरहाका ३, सर्लाहीका २, तनहुँका २, रौतहटका ४ छन् । यस्तै महोत्तरीका २, जुम्लाका २, जाजरकोटका १, सुर्खेतका ४, दैलेखका ९, कञ्चनपुरका ३, अछामका १, बाजुराका १, काठमाडौंका ५ र भक्तपुरका १ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमा २ महिला र ७३ पुरुष छन् । प्रहरी प्रधान कार्यालयका अनुसार ५० जना प्रहरी क्वारेन्टिनमा छन् ।

सिफारिस