
काठमाडौँ, असार १५ । पछिल्लो समयमा भारत र पाकिस्तानमा प्रकोप फैलाएको सलह किरा नेपालमा समेत प्रवेश गरेको छ । तराई भुभागमा देखिन थालेको सलह आइतबार कपिलबस्तुमा पनि ठुलो संख्यामा प्रवेश गरेको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।
कपिलबस्तुको तीन नगरपालिकामा आइतबार ८ देखि १० लाखको संख्यामा सलहको झुण्ड प्रवेश गरेको विषादी व्यवस्थापन केन्द्रले जनाएको छ । ठुलो संख्यामा प्रवेश गरेको सलह किरा स्थानीय जंगलमा बसेको दावि गरिएको छ ।
नेपालमा शनिबारदेखि सलहको झुण्ड नेपालका प्रवेश गर्ने क्रम सुरु भएको थियो । सरकारले भारतका विभिन्न भागमा बालीनाली नष्ट गर्दै आएका सलह साना(साना झुण्डमा छुट्टिएर नेपाल प्रवेश गरेको बताउँदै आएको थियो । अब ठूलो झुण्ड पनि नेपाल आउन थालेको पाइएको छ।