राष्ट्रपति भेट्न शीतलनिवास पुगे प्रधानमन्त्री ओली

दियोपोस्ट संवाददाता

काठमाडौँ, असार १६ । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवि भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् । मंगलबार बिहान १० बजे प्रधानमन्त्री केपी ओली शीतलनिवास पुगेको राष्ट्रपति स्रोतले जनाएको छ ।

पछिल्लो समय आफ्नै पार्टी भित्र नै असन्तुष्ठि चुलिँदै गएको बेला प्रधानमन्त्री ओली राष्ट्रपति समक्ष पुग्नुलाई निकै गम्भिर रुपमा हेरिएको छ । पार्टीभित्र नेतृत्वलाई लिएर चरम आलोचना मात्रै होईन भारतले आफुलाई प्रधानमन्त्री पदबाट हटाउन खोजेको समेत ओलीले बताएका थिए ।

भारतले आफुलाई प्रधानमन्त्री पदबाट हटाउन खोजेको भएतापनी आफु कुनैपनि हालतमा नहट्ने बताए । प्रधानमन्त्रीको यस अभिव्यक्तिलाई राजनीतिज्ञ र कुटनीतिज्ञले भने आफ्नो असफलतालाई ढाकछोप गर्न भारतलाई दोष दिएको भन्दै आलोचना गरेका छन् ।

बिहान केही समयको छलफलपश्चात प्रधानमन्त्री ओली बालुवाटार फर्किसकेका छन् ।

सम्बन्धित खबर

सिफारिस