पर्सामा चट्याङ लागेर तीन जनाको मृत्यु

दियो पोस्ट  

काठमाडौं, १५ असार । पर्सामा आज बिहान चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ ।

सखुवाप्रसौनी गाउँपालिका, ४ देवरवाना बस्ने ५५ वर्षीय रघुवीर यादव, पटेर्वासुगौली,१ गदियानीका २७ वर्षीय रसुल आज गद्दी र जिराभवानी,३ जितपुर बस्ने ५० वर्षीय असरतोमी देवी थारुको मृत्यु भएको हो ।

रघुवीर र रसुल भैँसी चराउन खेतमा गएका बेला चट्याङले लागेको थियो भने असरतोमी खेतमा काम गर्दै थिइन् ।

चट्याङ लागेर देवरवानामा ४० वर्षीय राजबंशी महरा गम्भीर घाइते भएकोले उपचारका लागि वीरगञ्ज ल्याइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

सम्बन्धित खबर