अपन राधेमाईलाई नेक्सस कप

दियो पोस्ट  

काठमाडौं । अपन राधेमाई युथ क्लब, वीरगन्जले यु–१६ नेक्सस कप टी– २० क्रिकेट सिजन ५ को उपाधि जितेको छ । बाग्मती प्रदेश खेलकुद विकास परिषद्को सहकार्यमा भएको प्रतियोगिताको फाइनलमा राधेमाईले आयोजक नेक्सस क्रिकेट एकेडेमीलाई ३९ रनले पराजित गरेको हो ।
मूलपानी क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको राधेमाईले निर्धारित २० ओभरमा अलआउट हुनुअघि ८२ रन जोड्यो । राधेमाईका सगिर मियाले २१ तथा सफ्वान अलीले १९ रन जोडे । नेक्ससका हिमाल न्यौपाने र चन्दु यादवले २–२ विकेट लिए ।

जवाफमा नेक्ससले ११.४ ओभरमा ४३ रन जोड्दै सबै विकेट गुमायो । नेक्ससका सन्दिप विष्टले ३० स्कोर गरे । ‘म्यान अफ द म्याच’ राधेमाईका अनिश साह कानुले ३.४ ओभरमा ५ रन खर्चेर ५ विकेट लिए ।

उपाधिसंगै राधेमाईले १ लाख नगद पुरस्कार हात पा¥यो भने नेक्ससले ७५ हजार नगद पुरस्कारमा चित्त बुझायो । मोफसलको टोलीले उपाधि जितेको तेश्रो पटक हो । पहिलो संस्करण महेन्द्रनगरको सनराइज र दोश्रो वीरगन्जको युनाइटेड क्लबले जितेका थिए । तेश्रोमा आयोजक नेक्सस च्याम्पियन बन्दा चौथोमा ग्रेट हिमालय क्रिकेट एकेडेमी (जिएचसीए), ललितपुरले उपाधि चुमेको थियो ।

राधेमाईका अनिश ‘म्यान अफ द सिरिज’ का साथै उत्कृष्ट बलर पनि घोषित भए । उनले प्रतियोगितामा १ ह्याट्रिकसहित १४ विकेट लिए । प्रतियोगिताभर ११५ रन जोडेका नेक्ससका उत्तम थापा मगर उत्कृष्ट व्याट्सम्यान चुनिए । उदीयमान खेलाडीको उपाधि काठमाडौं क्रिकेट टे«निङ सेन्टर (केसीटीसी)का कमल शाहीले जिते ।