सुन मान्छे हुँ भन्दै कर्मचारी कुट्ने सुवास घिसिङ विरुद्ध जाहेरी दर्ता

दियो पोस्ट  

काठमाडौं । सुन मान्छेको नामले चिनिएका ठेकेदार सुबास घिसिङको विरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता भएको छ ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका कर्मचारी आक्रमण गरेर टाउको फुटाएका घिसिङका विरुद्ध ज्यान मार्ने उद्योगमा जोहरी दर्ता भएको हो ।

कर्मचारीको टाउको फुटाएपछि घिसिङले प्रहरीले पक्राउ गरेर अहिले महानगरीय प्रहरी वृत्त बौद्धको हिरासतमा राखिएको छ ।

उनले असार २७ गते दिउसो अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका कर्मचारी बलराम श्रेष्ठमाथि एक्ँकासी आक्रमण गरेर टाउको फुटाइदिएका थिए । श्रेष्ठको टाउकोमा दुई टाका लगाइएको छ । घिसिङको आक्रमणबाट श्रेष्ठको टाउकोको पछाडिपट्टी पनि चोट लागेको छ ।

श्रेष्ठसँगै अनुगमनमा गएका तीन जना मध्य भोली ढुंगानाले घिसिङले ज्यान मार्ने गरी आक्रमण गरेको जाहेरीमा उल्लेख गरेका छन् । जोहरीमा ढुंगानाले भनेका छन,‘म र निरज भुजेलले तत्काल हस्तक्षेप गरी घिसिङबाट नछुटाएको भए ज्यान मागर्ने निश्चित थियो, हाम्रो कारणले मात्र श्रेष्ठलाई बचाउन सम्भव भएको हो ।’ जाहेरीमा आक्रमण गर्ने घिसिङलाई हदैसम्म कैद र जरिवानाको माग गरिएको छ ।