झापामा अवैध लागूऔषधसहित २ जना पक्राउ

दियो पोस्ट  

झापा । झापाको विभिन्न स्थानाबाट अवैध लागूऔषधसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कन्काई नगरपालिका–२ बस्ने २८ वर्षीय गोपाल ठकुरी रहेका छन् । प्रहरीले उनलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ६० मिलिग्रामसहित पक्राउ गरेको हो । त्यसै गरी कन्काई नगरपालिका–२ बस्ने २८ वर्षीय गोपाल ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टालीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित शनिबार दिउँसो पक्राउ गरेको हो।

त्यसै गरी झापाकै बाह्रदर्शी गाउँपालिका–६ माहारानी झोडाबाट लागूऔषध गाँजा २ सय ५० ग्रामसहित ६१ वर्षीय नर बहादुर सुनारलाई प्रहरीले पक्राउ गरेको छ । सुनारले लागूऔषध गाँजा बिक्री वितरण गरिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको प्रहरी टोलीले उनको घर तलासी गर्ने क्रममा उक्त गाँजासहित शनिबार दिउँसो पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।