उदयपुरमा ६ वर्षीया नाबालिका बलात्कृत, एक जना पक्राउ

दियोपोस्ट संवाददाता

उदयपुर । उदयपुरमा ६ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ताप्ली गाउँपालिका–३ दगले बस्ने ३५ वर्षीय मकर बहादुर तामाङ रहेका छन् । मकरले ती नाबालिकालाई आफ्नै घरमा गत बुधबार बिहान जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी रामपुर झिल्केबाट खटिएको प्रहरी टोलीले उनलाई शनिबार दिउँसो पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर

सिफारिस