नगद १५ हजारसहित जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । काठमाडौं महानगरपालिका–१८ नरदेबी बस्ने बिनिता पौडेलको घरमा जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ७४ वर्षीय चौथिनारायण महर्जनसहित ८ जना रहेका छन् । पौडेलको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद १५ हजार २ सय १० रूपैयाँ र ४ बुकतास सहित शनिबार साँझ पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।