
काठमाडौं । विभिन्न ठाँउमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ दुलेपानीस्थित सडकमा ग.१ त ७२८१ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको शनिबार दिँउसो घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका–३ मालिका बस्ने २३ वर्षीय सुजन परियार रहेका छन् ।
यसैगरी भक्तपुरको सूर्यबिनायक नगरपालिका–७ गुण्डु तिनधारेस्थित सडकमा बा.९३ प ५८८१ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–६ पाण्डुबजार बस्ने ४५ वर्षीय कृष्ण कुमार त्वाटी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको ङा.ईवामुरा अस्पताल सल्लाघारीमा उपचारको क्रममा शनिबार राति मृत्यु भएको हो । साथै सोही दुर्घटनामा घाइते भएकी स्कुटरमा सवार अन्य एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुवै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।