उदयपुर । उदयपुरमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्लाको उदयपुरगढी गाउँपालिका–७ अधेरीस्थित सडकमा नेपालटारबाट गाईघाटतर्फ जाँदै गरेको स.१ ह ३६२२ नम्बरको अटो अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–१२ बस्ने १८ वर्षीय मोहमत रूस्तम रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा आइतबार राति मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अटोमा सवार अन्य १ जनाको बिराटनगर नर्सिङ होममा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।