विभिन्न ठाँउमा लावारिस अवस्थामा ४ जनाको शव फेला

दियो पोस्ट

काठमाडौं । विभिन्न ठाँउमा लावारिस अवस्थामा ४ जनाको शव फेला परेको छ । धनुषाको जनकपुर उपमहानगरपालिका–४ मुर्ली चोकस्थित जटही बसपार्कमा आइतबार लावारिस अवस्थामा एक जनाको शव फेला परेको छ । मृत्यु हुनेमा सोही उपमहानगरपालिका–२४ बस्ने ५० वर्षीय पशुपती झा रहेका छन् ।

साथै नवलपरासी (पूर्व), वुलिङटार गाउँपालिका–६ भुमरीघाटस्थित कालिगण्डकी नदीको किनारमा आइतबार लावारिस अवस्थामा एक जनाको शव फेला परेको छ । मृत्यु हुनेमा पाल्पा रामपुर नगरपालिका–३ ओईरिघाट बस्ने ६६ वर्षीय जित बहादुर खत्री रहेका छन् ।
यसैगरी काठमाडौं महानगरपालिका–१६ म्हैपी खोलाको बाटोमा आइतबार लावारिस अवस्थाम एक जनाको शव फेला परेको छ । मृत्यु हुनेमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५१ वर्षीय पुरुष रहेका छन् ।

यसैगरी सुनसरीको इटहरी उपमहानगरपालिका–५ रिलाईन्स गेट अगाडि खाली जग्गामा आइतबार लावारिस अवस्थामा एक जनाको शव फेला परेको छ । मृत्यु हुने सोही जग्गामा त्रिपालको बेरा लगाई बस्ने हाल नाम, थर, वतन नखुलेका २८ वर्षीय पुरुष रहेका छन् ।

सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर