अपहरण तथा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

दियो पोस्ट  

काठमाडौं । अपहरण तथा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङ साविक उरहरी गाबिस–८ घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका–५ बस्ने ३१ वर्षीय नविन बस्नेत रहेका छन् । बस्नेत सहितका प्रतिवादीहरूले पीडित महिलालाई २०६७ असार १५ गते राति दाङ तुलसीपुर नगरपालिका–५ नयाँ बसपार्कस्थित गेष्ट हाउसबाट अपहरण गरी दाङ तुलसीपुर सिमानामा पर्ने एकान्तस्थल पातुखोला बगरमा लगि सामुहिक जबरजस्ती करणी गरेका थिए । अपहरण तथा जबरजस्ती करणी मुद्दामा सर्वोच्च अदालतको २०७९ जेठ १० गतेको फैसलाले ६ वर्ष कैद सजाय ठहर भई फरार भएका बस्नेतलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरी टोलीले काठमाडौं काभ्रेस्थलीबाट आइतबार साँझ पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

सिफारिस