छुट्टाछुटै ठाउँबाट जबरजस्ती करणी गरेको आरोपमा २ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । छुट्टाछुट्टै स्थानबाट जबरजस्ती करणी गरेको आरोपमा २ जना पक्राउ परेका छन् । रूपन्देहीमा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सियारि गाउँपालिका–४ ओर्लहबा बस्ने ५० वर्षीय चन्द्रीका हरिजन रहेका छन् । हरिजनले ती बालिकालाई शुक्रबार बिहान जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय छपियाबाट खटिएको प्रहरी टोलीले उनलाई सोमबार बिहान पक्राउ गरेको हो ।

यसैैगरी हुम्लामा ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अदानचुली गाउँपालिका–३ फडेरा गाउँ बस्ने २७ वर्षीय जनक बुढा रहेका छन् । कामको शिलशिलामा बुबासँगै उक्त गाउँमा गएकी ती बालिकालाई शनिबार राति जनकले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी श्रीनगरबाट खटिएको प्रहरी टोलीले उनलाई सोमबार बिहान पक्राउ गरेको हो ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।