मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

दियो पोस्ट  

दाङ । दाङमा मोटरसाइकल दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ । तुलसीपुर–अमेलिया सडकखण्डअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–६ बुद्ध चोक नजिकै रा१प ८४४६ नंको मोटरसाइकल र रा४प २८६६ नम्बरको मोटरसाइकल एकापसको ठोक्करबाट दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–११ उरहरीका ५५ वर्षीय खोपिराम अधिकारी रहेका छन् । उनको शिक्षण अस्पताल कोहोलपुरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । उनको टाउको र अनुहारमा चोट लागेको थियो ।
साथै उनी अधिकारी आधारभूत विद्यालय कटाहाका प्रधानाध्यापक थिए । गत शुक्रबार बिहान दुई मोटरसाइकल एकापसमा ठोक्किँदा उनीसहित ४ जना घाइते भएका छन् ।
दुर्घटना सम्बन्धी प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।