धनुषा । लाखौँ रकमको औषधी बोकेको कारसहित एक जना पक्राउ परेका छन् । जिल्लाको जनकपुर उपमहानगरपालिका–१२ बर्हविगहाबाट करिब २५ लाख २० हजार रुपैयाँ बराबरको डेन्टलको औषधी बोकेको कारसहित एक जनालाई मङलबार सशस्त्र प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भएका २९ वर्षिय मो ईक्वाल रहेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेको बी.आर. ३२ ए.क्यू. १२०२ नम्बरको कारमा उल्लेखित मुल्य बराबरको औषधीसहित उनलाई राजश्व भन्सार सुरक्षा वेश जनकपुरधामले पक्राउ गरेको हो ।
पक्राउ परेका ईक्वाललाई बरामद औषधी तथा कारसहित आवश्यक कारवाहीको लागि राजश्व भन्सार कार्यालय जनकपुरधाम धनुषामा बुझाईएको छ ।