
सप्तरी । सप्तरीमा आफ्नै श्रमितीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । आफ्नै श्रीमती ३२ वर्षीया किरण कुमारी चौधरीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् । पक्राउ पर्नेमा सम्भुनाथ नगरपालिका–५ मोहनपुर बस्ने ईनरदेव चौधरी रहेका छन् । खाना खाई आफ्नो कोठामा सुतेकी किरण कुमारी बेहोस अवस्थामा फेला परेकी उनलाई तत्कालै उपचारको लागि कठौनास्थित कृष्ण अस्पतालमा लगिएकोमा उपचारको क्रममा
मृत्यु भएको हो । मृत्यु भएको खबर प्राप्त हुनसाथ प्रहरी चौकी कठौना र ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरी टोलीले ईनरदेवलाई सोधपुछ गर्दा उनको संलग्नता रहेको खुल्न आएपछि उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।