सुनसरी । सुनसरीमा टिपरको ठक्करबाट २ जनाको मृत्यु भएको छ । जिल्लाको ईटहरी उपमहानगरपालिका–६ बिरेन्द्र चोकस्थित सडकमा ना.१ ख ९१०७ नम्बरको टिपरले को.१४ प ५२६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा स्कुटर चालक सोही उपमहानगरपालिका–८ बस्ने ३९ वर्षीया सरिता चौधरी र स्कुटरमा सवार २१ वर्षीया अन्सु चौधरी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएकी सरिताको धरान घोपा र अन्सुको विराटनगर न्यूरो अस्पतालमा उपचारको क्रममा मंगलबार दिउँसो मृत्यु भएको हो ।
प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।