काठमाडौं । छुट्टाछुट्टै ठाउँबाट जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ परेका छन् । काठमाडौंको कीर्तिपुर नगरपालिका–८ पाँगा चारघरे बस्ने ४५ वर्षीय जयगणेश महर्जनको टहरामा जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–७ घर भई हाल काठमाडौंको कीर्तिपुर नगरपालिका–५ भत्केकोपाटी बस्ने ४२
वर्षीय रामशरण बोम्जनसहित ५ जना रहेका छन् । विशेष सूचनाको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद १७ हजार ९ सय ३५ रूपैयाँ र ३ बुक ताससहित मंगलबार दिउँसो पक्राउ गरेको हो ।
यसैगरी झापाको दमक नगरपालिका–४ पारिजात टोल बस्ने शेर बहादुर राईको घरमा जुवातास खेलिरहेको अवस्थामा राईसहित ७ जनालाई मङगलबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४७ हजार रूपैयाँ र कौडा १६ थानसहित पक्राउ गरेको हो ।
दुबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।