करेन्ट लागेर एक जनाको मृत्यु

दियो पोस्ट  

झापा । झापामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको दमक नगरपालिका–८ स्थित रातेखोलामा करेन्ट लगाई माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ४० वर्षीय पदम बहादुर भुजेल रहेका छन् । करेन्ट लागेर गम्भीर घाइते भएका उनको लाईफ ईन अस्पताल दमकमा उपचारको क्रममा मंगलबार दिउँसो मृत्यु भएको हो ।
यससम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सिफारिस