
कैलाली । कैलालीमा अवैध लागूऔषधसहित एक जना पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका–८ धनगढीगाउँबाट अवैध लागूऔषध खैरो हेरोईन ६ सय मिलिग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३४ वर्षीय राम बिलाश राना रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त लागूऔषधसहित फेला पारी बुधबार राति पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।