चितवन । चितवनमा करेन्ट लागेर एक जना बालकको मृत्यु भएको छ । जिल्लाको राप्ती नगरपालिका–११ कोरैचापानि बस्ने क्षेत्र बहादुर मोक्तानको छोरा १२ वर्षीय राहुल मोक्तानको करेन्ट मृत्यु भएको छ । सोही नगरपालिका–११ थाकलटारस्थित घट्टबाट घर जाने क्रममा विद्युतको भुईमा लत्रिएको तारबाट करेन्ट लागेर उनको बुधबार दिउँसो मृत्यु भएको भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।