काठमाडौं । अवैध रूपमा विदेशी विनिमय (अमेरिकी डलर)को कारोबार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१७ ग्वार्को बस्ने ३४ वर्षीय सनमोहन श्रेष्ठ रहेका छन् । विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले श्रेष्ठलाई ललितपुर महानगरपालिका–६ वकुवहालबाट अमेरिकी डलर १ सय दरको १ सय ९८ थानसहित मंगलबार पक्राउ गरेको हो । उनलाई विदेशी विनिमय सम्बन्धी कसूरमा थप आवश्यक अनुसन्धान कारवाहीको लागि राजस्व अनुसन्धान विभाग पुल्चोक ललितपुरमा पठाइएको छ ।