छुट्टाछुट्टै ठाँउमा सवारी दुर्घटनामा २ जनाको मृत्यु

दियो पोस्ट  

काठमाडौं । विभिन्न ठाँउमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ बिद्युत कार्यालय नजिक सडकमा भैरहवाबाट बुटवलतर्फ जाँदै गरेको लु.८३ प ४१९३ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासी (पश्चिम) रामग्राम नगरपालिका–१७ देवगाउँ बस्ने २८ वर्षीय निरन्जन केवट रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो । साथै दुर्घटनामा गम्भीर घाइते भएका पैदलयात्रीको भिम अस्पताल भैरहवा हुँदै थप उपचारको लागि मेडिकल कलेज भैरहवातर्फ पठाइएको छ ।

यसैगरी सिरहाको अर्नामा गाउँपालिका–१ बुढियाचापस्थित सडकमा बा.१ ज ६७९८ नम्बरको लालिगुराँस ऐकेडेमी बोर्डिङ स्कुल अर्नामाको स्कुल बसले पैदलयात्रीलाई ठक्कर दिई दुर्घटना हुँदा पैदलयात्रीको बिहीबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ६५ वर्षीय सम्भु मिश्रा रहेका छन् । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।
दुबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सिफारिस