
बारा । बारामा अवैध लागूऔषध गाँजा बरामत भएको छ । जिल्लोको कोल्हवी नगरपालिका–५ स्थित सोनाभारबाट करिब १ सय ६८ के.जी. गाँजा बरामद भएको छ । विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश कोल्हवीले सोही ठाउँ बस्ने जितेन्द्र चौधरीको घरमा लुकाई छिपाई प्लाष्टिकमा प्याक गरेर राखिएको गाँजा विहिबार बरामद गरेको हो ।
घर धनी जितेन्द्र चौधरी भने फरार रहेका छन् । बरामत भएको गाँजा आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय कोल्हवीमा बुझाईएको छ ।