भन्सार छली ल्याएको १७ लाख भन्दा बढीको ईलेक्ट्रोनिक सामान बरामद

दियो पोस्ट  

बारा । भन्सार छली ल्याएको ईलेक्ट्रोनिक सामान बरामत भएको छ । बाराको निजगढ नगरपालिका–८ स्थित पूर्व–पश्चिम राजकार्गको बकैया पुल ईलाकाबाट सशस्त्र प्रहरीले शंकास्पद बिलबिजक भएको १७ लाख ६६ हजार ८ सय ३८ रुपैयाँ बराबरको ईलेक्ट्रोनिक सामान बरामद गरेको छ । विपद् व्यवस्थापन सुरक्षा बेस निजगढले महोत्तरीबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश ३–०१–००६ ख ०७४४ नम्बरको बसलाई जाँच गर्दा उल्लेखित मूल्य बराबरको १६ वटा कार्टुन ईलेक्ट्रोनिक सामानको बिलबिजक शंकास्पद देखिएपछि आज शुक्रबार बरामद गरिएको हो ।
बरामद भएको ईलेक्ट्रोनिक सामान राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको छ ।

सिफारिस