मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

दियोपोस्ट संवाददाता

धनुषा । धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । जिल्लाको गणेशमान चारनाथ नगरपालिका–३ भरतपुरस्थित सबैला बिरेन्द्रबजारस्थित सडकमा ज.७ प ४३४८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ७५ वर्षीया रामसकी देवी यादव रहेकी छिन् । ठक्करबाट गम्भीर घाइते भएका उनको स्थानीय चारनाथ क्लिनिकमा उपचारको क्रममा बिहीबार राति मृत्यु भएको हो । मोटरसाइकल चालक र मोटरसाइकलमा सवार दुवैजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर

सिफारिस